अन्य

इन्धनको मुल्य वृद्धिसँगै हवाई भाडा बढ्यो

15 Shares

काठमाडौं,२६,मंशिर
नेपाल आयल निगमले हवाई इन्धनको भाउ बढाएसँगै आन्तरिक उडानमा सञ्चालित हवाई भाडा वृद्धि भएको छ । वायुसेवा सञ्चालक कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघ–नेपाल (आयोन) ले मंगलबार देखि लागू हुनेगरी हवाई भाडा बढाएको हो ।

दुई चरणमा गरी गत २१ मंसिरमा सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको रौनकमा उपभोक्ता भुलिएको मौकामा निगमले गत शुक्रबार अकस्मात् हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएको थियो । हवाई इन्धनको भाउ बढेको ३ दिन बित्न नपाउँदै त्यसको प्रत्यक्ष असर आन्तरिक उडानको हवाई भाडामा परेको हो । वायुसेवा सञ्चालक संघ–नेपालले आज मंगलबार देखि लागू हुनेगरी काठमाडौं देखि धनगढीसम्मको हवाई भाडा प्रतिटिकट २ सय २० रुपैयाँ बढेको जनाएको छ । यस अघि काठमाडौं देखि धनगढीसम्मको हवाई भाडा १२ हजार १ सय रुपैयाँ थियो । अब नयाँ भाडादर लागू भएपछि काठमाडौं देखि धनगढी सम्म जानका लागि प्रतियात्रु १२ हजार ३ सय २० रुपैयाँ पर्नेछ । संघका सदस्य वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले नयाँ भाडादर आज मंगलबार देखि कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।
राजधानीबाट

प्रकाशित: २६ मंसिर २०७४ ०९:०३ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी