रामेछापको गोकुलगंगामा ११ क्वारेन्टाइन र ५ आइसोलेसन तयार

रामेछापको गोकुलगंगामा ११ क्वारेन्टाइन र ५ आइसोलेसन तयार

केन्द्रबिन्दु
0
Shares

रामेछाप ,
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका रस्नालुमा कोरोना भाइरस रोकथामका लागि ११ क्वारेन्टाइन र ५ वटा आइसोलेसन बेड तयार पारिएको छ ।

पालिकाको वडा नम्बर ३ रस्नालु स्थित भीमसेनस्थानमा नवनिर्मित गोकुलगंगा अस्पतालमा कोरोना भाइरस (कोबिड- १९) को रोकथाम तथा संक्रमणलाई मध्यनजर गर्दै ११ वटा क्वारेन्टाइन बेड र ५ वटा आइसोलेसन बेड तयारी बनाएको पालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए ।

‘पालिकाले कोरोना भाइरसको संक्रमण रोकथामको लागि सरकारले दिएको निर्देशन अनुसार काम गर्दै आएका छौं।’ उनले भने, “गोकुलगंगा बासिन्दालाई कोरोना भाइरसको सङक्रमण देखिएमा क्वारेन्टाइनमा ल्याएर राख्न सकिने गरि आइसोलेसनसमेत तयार गरेका छौं ।”

त्यस्तै ,पालिकाले कसैलाई कोरोना भाइरसको लक्षण भएको जस्तो देखिए वा हालसालै विदेशबाट आएकाहरुको जानकारी भएमा गाउँपालिका कार्यालय वा ६ वटै स्वास्थ्य चौकीमा सूचना दिई सहयोग गरिदिन पनि अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo