मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राति मुटुमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् ।

मुटुको चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल लगिएको थियो । हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कने जानकारी उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले जानकारी दिएकी छिन् ।

Skip This
Skip This
Logo