यसरी मनाइयो पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस (फाेटाेफिचर)

यसरी मनाइयो पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस (फाेटाेफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

विसं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको थियो ।

पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार काठमाडौँ लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरि मनाईएको छ । पृथ्वीनारायण शाह हरेक नेपालीको अस्तित्वसँग जोडिएको र राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेकोले सबै नेपालीले सम्झनु पर्ने नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए।

सरकारले यस दिनलाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवसको रुपमा मनाउन छाडेपनि जनस्तरबाट भने यस दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाईंदै आएको छ ।

Logo