नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । खाडीबाट आएका एक युवामा कोभिड १९ पोजेटिभ देखिएको हो । उनी कुन एयरको जहाजमा नेपाल आएका थिए र उनीसँगै अन्य कति सवार थिए भन्ने विवरण अझै खुल्न सकेको छैन् । अहिले ती युवाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेनसमा उपचार भइरहेको छ ।
यसअघि गत आइतबार फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । १९ वर्षिय युवतीको अहिले टेकुमा उपचार भइरहेको छ । केही समय पहिले चीनबाट नेपाल फर्किएका एक युवामा पनि कोरोना पोजेटिभ देखिएको थियो । अहिले उनी पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालले गरेको नमुना परिक्षणमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले पनि आफ्नो वेबसाइटमा कोरोना संक्रमित व्यक्तिको संख्या तीन पुगेको उल्लेख गरेको छ । नेपालमा अहिलेसम्म ६ सय ८७ जनाको नमुना परीक्षण गरिएको छ ।





























प्रतिक्रिया