वुटवल ।
नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ ।

बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ । सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको निर्णयको खुलेर प्रशंसा गरेका छन् ।
उनीहरुले आदेश कडाइका साथ पालना गराउनतर्फ सामाजिक सञ्जालबाट सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् । सुरक्षा निकाय पनि आदेशको पालना गराउन कडाइका साथ लागेको छ । आदेश कार्यान्वयनका लागि बिहानैदेखि प्रहरीको सक्रियता बाक्लिएको छ ।


पश्चिम नेपालको बुटवल पनि आज सुनसान छ । त्यहाँबाट हाम्रा सहकर्मी राजेश खातीले जनाए अनुसार लकडाउनको प्रभाव विहानै देखि परेको छ । सधैं व्यस्त रहने वुटवल सुनसान , हेरौं फोटोफिचर :










तस्वीरहरु : राजेश खाती/केन्द्रबिन्दु































प्रतिक्रिया