खुट्टैले लेख्छिन् अमिता, खुट्टैले चलाउँछिन् कम्प्युटर र मोवाइल (भिडियोसहित)

खुट्टैले लेख्छिन् अमिता, खुट्टैले चलाउँछिन् कम्प्युटर र मोवाइल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

  • जितेन्द्र रसिक

काठमाडौं ।

न त उनी उभिन सक्छिन्, न उनका गोडाले शरीर नै थाम्न सक्छन् । बोल्न समेत सकस हुने उनलाई कहिँ कतै चलमल गर्न पनि निकै कठिन हुन्छ । तर शारीरिक रुपमा विकलांग भए पनि उनको मस्तिष्क भने निकै तीक्ष्ण छ । हातले कलम समाउन नसके पनि उनले खुट्टाले लेखेरै आफ्ना भावना अभिव्यक्त गरिरहेकी हुन्छिन् । बोल्न त उनी बोल्छिन् तर सुन्नेलाई बुझ्न मुस्किल हुन्छ । भक्तपुरकी ३२ वर्षिय अमिताको जीवन यसरी नै चलिरहेको छ । उठ्न बस्न पनि नसक्दा अरुको भरमा जीवन धान्नुपर्ने उनको बाध्यता छ । तर यस्तो स्थितिमा पनि उनी निराश छैनन् । जीवन भनेको आफूसँग जे छ, त्यसैमा रमाउनु पर्छ,’ हाँस्दै भन्छिन् उनी ।

जीवनमा केहि गर्छु भन्ने ऊर्जा छ उनीसँग । तर उनको त्यो ऊर्जालाई किच्न घरि घरि अघि सर्छ सेरेब्रल पाल्सी रोग । जन्मिएको ५ महिनामै उनको शरीरमा देखिएको यो रोगले उनलाई थला पार्दै लग्यो र शरीर विकलाङ्ग बनाइदियो । यद्दपी उनी यो रोगलाई जितेर जीवनलाई जीवन जस्तो बनाउन कम्मर कसिरहेकी छिन् । उनलाई बोल्न कष्ट भए पनि अरुले बोलेको कुरा सबै बुझ्छिन् । आगन्तुकहरुसँग धित मारेर बोल्न मन लाग्छ अमितालाई । तर थर्थराउने ओठले साथ दिँदैन । सहयोगीबिना उनी कहिँ चलखेल गर्न सक्दिनन् ।

उनको घर भक्तपुरको कमल विनायकमा हो । तर उनी घर भएर पनि घरवारविहिन जस्तै भएकी छिन् । उनी अहिले भक्तपुरको व्याँसीस्थित समानताका लागि आवाज नामक संस्थामा आश्रय लिइरहेकी छिन् । उनी जन्मदै एक्लिएकी भने होइनन् । तर पनि साहाराविहिन बन्न थालेपछि उनी भक्तपुरको व्याँसीस्थित उक्त संस्थामा मासिक ५ हजार रुपैयाँ तिरेर आश्रय लिइरहेकी छिन् । हेरौं उनको संघर्षपूर्ण जीवनकथा यो भिडियोमा :

Logo