काठमाडौं ।
सरकारले काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी आइसोलेसन बेड तयारी अवस्थामा राख्ने भएको छ ।
कोरोना भाइरस संक्रमण भइहाले उपचारका लागि पूर्वतयारी गरिएको हो । उपत्यकामा १ सय २० वटा सघन उपचार कक्ष (आईसीयू) बेड तयारी अवस्थामा छ । उपत्यका बाहिर पनि सोही अनुसारको तयारी गर्न सरकारले निर्देशन दिएको छ।
सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले संघ, प्रदेश र स्थानीय तहको सहकार्यलाई व्यवस्थित ढंगले अघि बढाइएको बताए । उनले भने, ‘तीनै तहको सरकारको सहकार्य राम्रो विन्दुमा छ । सबै मिलेर यो समस्याबाट बच्न र सबै नागरिकलाई सुरक्षित तहमा राख्न सक्छौं ।’
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमण हुन नदिन रोकथामका उपाय अपनाइएको बताए । मुलुकभरका सबै अस्पतालमा निमोनियाका बिरामीको सूची तयार गरी परीक्षण भइरहेको उनले बताए ।
उनका अनुसार स्वदेशी एवं विदेशी विज्ञसँग परामर्श गरी रोकथामको उपाय र भविष्यमा आउने चुनौती सामना गर्न पूर्वतयारी भइसकेको छ । कोरोना भाइरस परीक्षणका लागि सम्बन्धित चिकित्सकको सिफारिस चाहिने उनले प्रस्ट पारे ।अन्नपूर्णबाट





























प्रतिक्रिया