काठमाडौँ, ५, पुस
सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य जितेका फरार अभियुक्त रेशम चौधरीले वारेस मार्फत प्रमाणपत्र पाउनु पर्ने रिट दरपीठ विरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै अभियोग सम्बन्धी फाइल मगाएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले कर्तव्य ज्यान समेतका मुद्दामा फरार अभियुक्त चौधरीका सबै सक्कल फाइल मगाउने आदेश गरेको हो ।
प्रतिनिधिसभा सदस्यमा जितेका चौधरी वारेस मार्फत प्रमाणपत्र पाउनु पर्ने माग गर्दै वारेस मार्फत नै सर्वोच्च पुगेका छन् । कैलाली क्षेत्र नम्बर १ बाट सांसदमा जितेपछि प्रमाणपत्र लिन उनकी पत्नीलाई पठाएका थिए । जिल्ला निर्वाचन कार्यालयले विजयी प्रतिनिधि नै उपस्थित हुनु पर्ने भन्दै पत्नीलाई प्रमाणपत्र दिएन । त्यसपछि सर्वोच्चमा रिट लिएर जाँदा सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । त्यसपछि चौधरीले दरपीठ विरुद्धको निवेदन सुनिलकुमार चौहानलाई वारेस राखी दर्ता गराएका हुन् । रिट दरपिठ गर्दा सर्वोच्चले मुलुकी ऐनअनुसार ज्यान मार्ने उद्योग लगायतका मुद्दामा हाजिर नहुने अभियुक्तको नाममा वारेन्ट जारी गर्नु पर्ने व्यवस्था भएको उल्लेख गरेको छ ।
नागरिकबाट
प्रकाशित: ५ पुष २०७४ ०८:४२ बुधबार