सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई

सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई

केन्द्रबिन्दु
0
Shares

सिन्धुली।

अङ्ग्रेज फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो ।

विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । खत्रीले आज आफ्नो घरमा भएको एउट भाले खुडा र एक थान तरबार तथा भद्रकालीमा हरि थापाको घरमा रहेको भाले खुडा ९ नम्बर बाहिनीपति ध्रुव शाहलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणपछि प्रमुख खत्रीले लडाइँका क्रममा प्रयोग भएका घरेल हतियारको खोजी गर्ने काम भइरहेको बताए । नेपाली सेनासँग सहकार्य गरेर नगरवासीका घरमा भएका पुर्ख्यौली घरेलु हतियार सङ्कलन गर्ने र ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्राहलयमा राखिनेसमेत उनले जानकारी दिए ।

यस्तै ९ नम्बर बाहिनीका बाहीनीपति शाहले युद्ध सङ्ग्रहालय निर्माणको काम अन्तिमचरणमा पुगेको बताए । तत्कालीन अङ्ग्रेजसँगको लडाइँका क्रममा प्रयोग भएका घरेलु हतियारको खोजी गर्ने कार्य भइरहेको उनको भनाइ छ । हालसम्म सात खुडा, खुकुरी र एउटा धनुषबाण जम्मा भएको जानकारी दिए।

अङ्ग्रेज फौजलाई हराएको सम्झनामा हरेक कात्तिक २४ गते नगरपालिकाले विजय उत्सव मनाउन थालेको छ । विसं २०६७ मा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले ओझेलमा परेको सिन्धुलीगढीको प्रचारप्रसार गर्न विजय उत्सव मनाएको थियो । त्यस यता जिल्ला विकास समिति हुँदै हाल स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले गढीको संरक्षण गर्दै आएको छ ।रासस

Logo