भेरी अस्पतालमा उपचार गर्न आएका तीन जनामा कोरोना आशंका

भेरी अस्पतालमा उपचार गर्न आएका तीन जनामा कोरोना आशंका

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाइएका बेलामा नेपालगन्जस्थित भेरी अस्पतालले तीन शंकास्पद व्यक्तिको नमुना काठमाडौं पठाएको छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाश थापाले तीन जना शंकास्पद विरामीको ‘स्वाब’ परिक्षणका लागि आइतबार काठमाडौं पठाइएको जानकारी दिए । ‘तीन जना विरामीको स्वाव परिक्षणका लागि काठमाडौं पठाएका छौं,’ उनले भने।

अस्पतालमा भर्ना हुन आएका शंकास्पद विरामीको नमुना परिक्षण गरिएको थापाले बताए । उनले थपे, ‘शंकास्पद बिरामी मात्र हुन्, पोजिटिभ नै हुन्छ भन्ने छैन, अलिकति समस्या देखिएको हुँदा नमुना पठाइएको हो।’ शंकास्पद विरामी आएपछि डाक्टरले अवस्था हेरेर मात्र परिक्षणका लागि स्वाब पठाउने उनले प्रष्ट्याए।

यसअघि दुई जना शंकास्पद विरामीको स्वाब परिक्षणका लागि काठमाडौं पठाइए पनि ‘नेगेटिभ’ देखिएको अस्पतालले जनाएको छ। नेपालगन्जमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण पुष्टी भएका कुनै पनि विरामी फेला परेका छैनन्।नागरिकबाट

Logo