काठमाडौं।
कञ्चनपुरका जनप्रतिनिधिहरूले नेपाल-भारत संयुक्त सीमा सर्वे टोलीले गरेको सीमा रेखांकनको विरोध गरेका छन् । उनीहरूले आज गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन् ।
जनप्रतिनिधिहरूले सर्वे टोलीले जंगे पिल्लरलाई आधार नबनाई स्ट्रिप नक्शा बनाएको र यसले सयौं हेक्टर नेपालको भूभाग भारततिर परेको भन्दै समाधानका लागि अनुरोधसहित ज्ञापनपत्र बुझाएको सहभागी नेकपाका नेता पल्लवराज भट्टले जानकारी दिए।

संयुक्त सीमा सर्वे टोलीलाई भारतीय पक्षबाट ब्रिटिस सरकारको पालाको भन्दै गलत नक्शा पेश गरेको र नेपाली टोलीले त्यसलाई स्वीकार गरेर स्ट्रिप नक्शा तयार पारेको ज्ञापनपत्रमा उल्लेख छ । साथै भारतले अतिक्रमण गरेको भूमि नेपालको देखिने गरी स्थापित सीमामा रहेका जंगे पिल्लरहरूलाई साक्षी स्तम्भ र नेपालतर्फ रहेका साक्षी तथा सहायक स्तम्भलाई सीमाको मूल पिलर स्वीकार गरेर स्ट्रिप नक्शा तयार गरिएको पाइएको ज्ञापनपत्रमा जनाइएको छ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले सीमा विवाद संवेदनशील भएको बताउँदै आफूहरू गम्भीर रहेको बताएको ज्ञापनपत्र बुझाउने टोलीमा सहभागी भट्टले बताए । भट्टका अनुसार गृहमन्त्रीले ज्ञापनपत्रमा उल्लेख गरिएका विषयमा नापी विभागका महानिर्देशकलाई समेत बोलाएर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।































प्रतिक्रिया