रक्सीबाट यसरी बनाइन्छ स्यानिटाइजर

रक्सीबाट यसरी बनाइन्छ स्यानिटाइजर

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाको आग्रहमा नाष्टले महानगरका २९ वटै वडाका प्रतिनिधिहरुलाई तालिम दिन लागेको प्रवक्ता सुरेशकुमार ढुंगेलले बताए। आइतबारदेखि नाष्टका रसायनशास्त्री वैज्ञानिक सजनलाल स्याउलाले तालिम दिनेछन्। ‘घरेलु रक्सीलाई अब स्यानिटाइजरको रुपमा पनि प्रयोग गर्न सकिने तरिका सिकाउन लागेका हौं,’ वैज्ञानिक स्याउलाले भने। प्रतिनिधिहरुलाई नाष्टकै प्रयोगशालामा स्यानिटाइजर बनाउने विधि सिकाइने छ।

तालिममा सहभागीले घरेलु मदिराआफैं ल्याउनुपर्नेछ।नाष्टबाट तालिम लिनेले आफ्‍ना वडामा सिकाउने छन्। यसअघि नाष्टले ललितपुर महानगरका दुई जनालाई तालिम दिइसकेको छ।

घरेलु रक्सीमा ४० प्रतिशत इथानोल हुन्छ। यसका लागि डिस्टिलेशन प्रक्रिया (फ्रयाक्सनल डिस्टिलेसन) बाट रक्सीमा भएको पानीको मात्रालाई घटाएर इथानोलको मात्रा ९५–९६ प्रतिशत पुर्‍याइन्छ।यसका लागि मदिरालाई निश्चित ताप दिएर पानीको मात्रा वाष्पीकरण गरी हटान्छ।

त्यसपछि प्राप्त हुने इथानोलमा केही मात्रामा पानी हाल्ने र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्यानीटाइजर तयार गरिने नाष्टका वैज्ञानिक स्याउलाले बताए। इथानोलमा गिल्सेरोल र हाइड्रोजन पेरोअक्साइड राखेर घोललाई मिलाइन्छ।

‘अल्कोहल’ को सक्रिय मिश्रण भएकाले यो हातमा टिकिरहन सक्दैन। इथानोलमा गिल्सेरोल हाल्दा उडेर जान पाउँदैन। कीटाणु मार्नका लागि अल्कोहललाई ९ सेकेन्ड चाहिने भएकाले त्यसलाई अड्याउन गिल्सेरोल मिसाइन्‍छ। घोलमा ब्याक्टेरिया नआउन् भनेरहाइड्रोजन पेरोअक्साइड राखिन्छ।

नाष्टको अनुसन्धानअनुसार घरेलु ७ लिटर रक्सीबाट करिब २ लिटर स्यानिटाइजर बन्छ।सय एमएलको स्यानिटाइजरमा ८० एमएल इथानोल र २० एमएल पानी, हाइड्रोजन पेरोअक्साइड र गिल्सेरोल हुन्छ। कान्तिपुरबाट

Skip This
Skip This
Logo