प्रदेश नं. २ : राजधानी नामकरणका लागि चैत ४ गते मतदान हुने

प्रदेश नं. २ : राजधानी नामकरणका लागि चैत ४ गते मतदान हुने

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम ।

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि चैत ४ गते मतदान हुने भएको छ । तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधानी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते ८ बजे बिहान मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ ।

बैठकमा अध्ययन विशेष समितिले मतदानका लागि तयार पारेको प्रतिवेदन राजपाका प्रमुख सचेतक परमेश्वर शाहले प्रस्तुत गरेका थिए । समितिको संयोजक सभामुख सरोजकुमार यादव रहे पनि उनकै निर्देशनमा सचेतक शाहले सो प्रतिवेदन पेश गरेका थिए ।

समितिमा राजधानीका लागि जनकपुरधाम र वीरगञ्जसहित तीन प्रस्ताव र नामकरणका लागि चार प्रस्तावमा निर्वाचन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि प्रमुख सचेतक सम्मिलित बैठकले सभाका सचिव निर्वाचन अधिकृत रहने गरी निर्वाचनको कार्यविधि र आचारसंहिता तयार पारेर सभामुख यादवलाई बुझाइसकेको छ ।रासस

Logo