अर्काको नाममा ट्रायल दिने दुई जना पक्राउ

अर्काको नाममा ट्रायल दिने दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिने दुई जना नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चावहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाषसिंह धामीलाई विहिबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए। पक्राउ परेका न्यौपानेले बाजुराका कुन्का थापाको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएको अनुसन्धानमा खुलेको छ ।

धामीले थापालाई ट्रायल पास गरिदिने भन्दै सम्पर्कमा ल्याएर न्यौपानेलाई ट्रायल दिन लगाएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को लिखतसम्बन्धी कसुर अपराध अनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको महाशाखा प्रमुख ढकालले बताए ।रासस

Logo