प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार हुँदै आएको छ ।

गत फागुन २१ गते त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको नवौं दिन पनि स्वास्थ्यमा सकारात्मक सुधार देखिएको हो ।

बिहिबार शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले जारी गरेको विज्ञप्तिमा उनको भाइटल तथा ल्याब सुचकहरु राम्रो भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘प्रत्यारोपण पछि गरिने नियमित परीक्षण गरिएका नतिजाहरु सामान्य र सुधारोन्मुख रहेका छन् । उहाँले नियमित आहार लिइरहनु भएको छ ।’

Logo