भारतद्वारा सबै भिसा रद्द, १४ दिनसम्म निगरानीमा बस्नु पर्ने

भारतद्वारा सबै भिसा रद्द, १४ दिनसम्म निगरानीमा बस्नु पर्ने

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसको रोकथामका लागि भारतले एक महिनासम्म विदेशीको आगमनमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले कोरोना भाइरस सर्न नदिन बुधबार साँझ नै कडा निर्णय गरेको हो ।

भारतले बुधवार विश्वका सबै देशका लागि जारी गरिएको भिसा रद्द गरेको छ । यो भिसा १५ अप्रिल सम्मको लागि रद्द गरिएको हो । स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको एडवाइजरीमा यो निर्णय १३ मार्चदेखि लागू हुने जनाएको छ ।

भारत फर्कन चाहनेले अब स्क्रीनिङ गरेर १४ दिन सम्म निगरानीमा बस्नु पर्नेछ । संयुक्त राष्ट्र संघका अधिकारी, डिप्लोम्याटलगायतका सरकारी अधिकारीलाई प्रवेश दिइनेछ ।

अहिले भारतमा रहेकाहरूको भिसा भने जारी रहने छ । चीन, इटली, इरान, कोरिया, स्पेन, जर्मनीसहित अन्य सबै देशको यात्रा गरेर फर्किएकाहरुलाई १४ दिनसम्म निगरानीमा राखिने छ । भारतमा कोरोना भाइरसका ६० केस आएका छन् ।

अमेरिकाले पनि बेलायतबाहेक सबै युरोपेली देशहरुबाट आउने यात्रुहरूलाई एक महिनासम्म प्रतिवन्ध लगाइएको छ ।

Skip This
Skip This
Logo