काठमाडौं ।
नोवेल कोरोना (कोभिड-१९) भाइरस संक्रमणको शंका लागेमा जनता आफैं सर्तक भएर क्वारेन्टाइनमा बस्न सरकारले आग्रह गरेको छ ।
मंगलबार मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सो आग्रह गरेका हुन् । उनले चीनबाट ल्याइएका एक सय ७५ जना विद्यार्थीलाई जस्तै सबैलाई क्वारेन्टाइनमा राख्न नसकिने जानकारी दिए ।
ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएमा मात्र सरकारले खरीपाटी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने तर रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिएमा आफैं क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ छ ।
‘क्वारेन्टाइन भन्ने वित्तिकै चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा राख्ने कुरा नगरौँ ’उनले भने– ‘अब आफैं क्वारेन्टाइनमा बस्नुपर्छ । त्यसमा पनि डब्ल्युएचओको मापदण्डभित्र रहेर ।’































प्रतिक्रिया