काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार हुँदै गएको छ ।
गत बुधबार त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको छैठौं दिन पनि सन्तोषजनक सुधार हुँदै गएको हो ।
प्रधानमन्त्री ओलीको फागुन २१ गते पाँच घण्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले उनलाई नियमित खानपान तथा सामान्य हिड्डुल गर्न दिइएको कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै ओलीलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि निरन्तर सुधार हुँदै गएको उल्लेख छ ।






























प्रतिक्रिया