काठमाडौं । नेपालको आधिकारीक टिभिएस मोटर कम्पनी जगदम्बा मोटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) को टाइटल प्रायोजन गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा जगदम्बा मोटर्सको तर्फबाट साहिल अग्रवाल र इपिएलको तर्फबाट आमिर अख्तरले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै जगदम्बा इपिएलको टाइटल प्रायोजक भएको हो । इपिएल नेपालको फ्रेन्चाइज क्रिकेटहरु मध्ये सर्वाधिक लोकप्रिय प्रतियोगिता हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको उत्कृष्ट भिडन्त हेर्न पाइने यो प्रतियोगिता आगामी मार्च १४, देखि २८ सम्म कीर्तिपूरस्थित क्रिकेट खेल मैदानमा आयोजना हुँदैछ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै साहिल अग्रवालले भने –‘हामी इपिएलको एक हिस्सा हुन पाएकोमा गर्व गर्दछौं । हाम्रो टिभिएसलाई इपिएलसँग आबद्ध गर्न सहमति दिनु भएकोमा हामी आयोजकप्रति आभार व्यक्त गर्दछौं ।’





























प्रतिक्रिया