काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।
आजका समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालको न्युरोलोजी तथा ट्रान्सप्लान्ट विभागमा भर्ना भएका छन् । सर्वसाधारणले यतिबेला प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
यस्तै काठमाडौंको वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइएसँगै आजबाट फागूपूर्णिमा अर्थात् होली पर्व सुरु भएको भएको छ । तर यसपटक कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेकाले होली मनाउँदा विशेष सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
यतिबेला नेपाली बजारमा माक्सको अभाव भएको छ । पर्यटकीय हब मानिने ठमेलका बजारहरु सुनसान जस्तै देखिन्छन् ।
उता बलात्कार आरोपमा मुद्दा चल्दा चल्दै भारत फरार भएका सिद्धबाबा भनिने कृष्णदास गिरीले सुनसरी जिल्ला अदालतमा आत्मसमपर्ण गरेका छन् ।
अब २ करोड रुपैँयासम्मको घर तथा सवारी खरिद कर्जा लिनका लागि कर चुक्ताको प्रभाणपत्र पेश गर्नु नपर्ने भएको छ । हेरौं भिडियोमा :





























प्रतिक्रिया