लागूऔषधसहित ६ जना पक्राउ

लागूऔषधसहित ६ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसबाट ३ किलो अवैध लागूऔषध चरेससहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-४ गाईघाट ठेगाना भएका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका-७ लुहाम ठेगाना भएका २४ वर्षीय कुमार बिक रहेका छन् ।

यता, ललितपुर महानगरपालिका-२ सानेपास्थित सडकबाट नियन्त्रित लागूऔषध १४१ एम्पुल डाईजेपाम, १४१ एम्पुल बुप्रेनोर्फिन र १४१ एम्पुल फेनारगन सहित सप्तरी खडक नगरपालिका-५ ठेगाना भएका ४५ वर्षीय रामचन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

साथै झापाकाे शिवसताक्षी नगरपालिका-१० बाट ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय गोपी शर्मा, कचनकवल गाउँपालिका-६ बस्ने २६ वर्षीय मदन मैनाली र सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने अमर बराल रहेका छन् ।

Logo