क्वारेन्टाइनमा बसेका सबै घर फर्किए (भिडियोसहित)

क्वारेन्टाइनमा बसेका सबै घर फर्किए (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

चीनबाट नेपाल ल्याई भक्तपुर क्वारेन्टाइनमा राखिएका नेपालीहरु घर फर्किएका छन् । फागुन ४ गते चीनको उहानबाट उद्धार गरी नेपाल ल्याई भक्तपुरको खरीपाटीमा राखिएका १ सय ७५ जना नेपालीहरुमा कोरोना भाइरस नेगेटिभ देखिएपछि सोमबार घर फर्किएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले क्वारेन्टाइनमा रहेका सबैको कोरोना परिक्षण गरिएको र त्यस सम्बन्धी कुनै संक्रमण नदेखिएको पाइएकाले सबैलाई घर पठाईएको बताए । चीनबाट फर्किएका नेपालीहरुको उपचारमा खटिएका ७ जना स्वास्थ्यकर्मीहरुमा पनि कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

त्यस्तै क्वारेन्टाइनमा रहेका अन्य कर्मचारी ७ जनाको कोरोना परीक्षण पनि नेगेटिभ आएपछि उनीहरु पनि घर फर्किएका छन् । त्यस्तै चालक दलका १८ जना सदस्यहरुमा पनि कोरोना नेगेटिभ देखिएपछि घर फर्किएका छन् । हेरौं भिडियोमा :

Skip This
Skip This
Logo