गाँजाखेती फुकुवा गर्न सांसदहरुको मागदेखि सरकारको कोरोना रोकथामको प्रयाससम्म (भिडियोसहित)

गाँजाखेती फुकुवा गर्न सांसदहरुको मागदेखि सरकारको कोरोना रोकथामको प्रयाससम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचार मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक मिर्गाैला प्रत्यारोपण हुने भएको छ ।

यस्तै सिन्धुपाल्चोकका भूकम्पपीडितका लागि ५४ वटा घरसहितको एकिकृत बस्ती बनाइदिएकी नायिका श्वेता खड्का क्यान्सर अस्पतालसँग पनि जोडिएकी छिन् । उनले सोमबार ललितपुरको गोदावरी नगरपालिका वडा नं ९ छम्पीमा निर्माण हुन लागेको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको शिलान्यास गरेकी हुन् ।

यता पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ कर लगाउने मन्त्रीपरिषद् बैठकको निर्णयको सांसदहरुले विरोध गरेका छन् ।

पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजामा लागेको प्रतिबन्ध फुकुवाका लागि यो विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।

विश्वभर ७० वटा देशमा फैलिएको कोरोना भाइरसको रोकथाप तथा नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रमहरु अघि बढाएको छ । हेरौं यो भिडियोमा :

Logo