महिलामाथि कुटपिट गर्ने इन्स्पेक्टर ललितपुर प्रहरी परिसर तानिए

महिलामाथि कुटपिट गर्ने इन्स्पेक्टर ललितपुर प्रहरी परिसर तानिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

बच्चा च्यापेकी महिलामाथि कुटपिट गर्ने इन्स्पेक्टर देवीप्रसाद पौडेल महानगरीय प्रहरी परिसर ललितपुर तानिएका छन् ।अनुसन्धानका क्रममा इन्स्पेक्टर पौडेललाई प्रहरी परिसर तानिएको हो ।

महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज रहेका इन्स्पेक्टर पौडेलले काखमा बच्चा च्यापेर दौडिरहेकी एक महिलालाई बारम्बार लाठी प्रहार गरेको भिडियो शुक्रबार सार्वजनिक भएपछि यसको विरोध भएको थियो।

भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरको कम्पाउन्डभित्र पौडेलले बच्चा बोकेकी हेमा श्रेष्ठलाई कुटेका थिए। पौडेलको ठाउँमा इन्स्पेक्टर सुजित ओझालाई खटाइएको छ।

Logo