‘कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल’ : विश्व स्वास्थ्य संगठन

‘कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल’ : विश्व स्वास्थ्य संगठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।

डब्लूएचओले दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । योभन्दा अघि डब्लूएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । हालसम्म नेपालमा एक जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमणको दृष्टिले उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सूचीकृत गरेको हो ।

स्वास्थ्य सेवा विभागले आवश्यक पूर्वतयारीलाई तीव्र पारेको विभागका महानिर्देशक श्रेष्ठले बताए । ‘हामी पूर्व तयारीमा छौं । अब हामी नितान्त अरू कामभन्दा पनि पूर्वतयारीमा मात्रै केन्द्रित हुन्छौं,’ उनले भने ।

अविकसित देश, खुला सीमानाकाका कारण पनि नेपाल कोरोनाको जोखिममा छ । कोरोना संक्रमणबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।
राजधानीबाट

Logo