काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।
आजका प्रमुख समाचार मध्ये आज नेपाल प्रहरीका एक जना प्रहरी निरिक्षकको चर्काे आलोचना भइरहेको छ । बच्चा बोकेकी महिलामाथि बल प्रयोग गरेर पिटेपछि उनीमाथि गालीको वर्षा भएको हो । उनको विरोध चुलिएसँगै घटनाको छानविन गर्न प्रहरीले समिति नै गठन गरेको छ ।
यस्तै नेपालमा विवादित एमसीसी परियोजना विश्वका ४९ देशमा सञ्चालित छ । श्रीलंकाले यसलाई अस्वीकार गरेको छ भने नेपालमा विचाराधिन छ ।
यता नेपालमा ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गर्ने गरेको पाइएको छ । एकातिर आधुनिकता, अर्काेतिर परम्परागत सामाजिक सोच । अझ भनौं एकातिर आवश्यकता, अर्कातिर बाध्यता । यिनै कारणहरुले नेपाली महिलाहरुको ज्यान जोखिममा छन् ।
भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले आप्mनो मन्त्रालयको उपलब्धिहरु सार्वजनिक गरेकी छिन् ।
कोरोना भाइरसका कारण नेपालको पर्यटन व्यवसायमा ठूलो असर परेको छ । यी लगायतका कारणले सरकारले निर्धारण गरेको आर्थिक वृद्धि हासिल गर्न समस्या पर्ने देखिएको छ । थप समाचार यो भिडियोमा :





























प्रतिक्रिया