सुगम पोखरेलको ‘डोली सजाइ’ सार्वजनिक

सुगम पोखरेलको ‘डोली सजाइ’ सार्वजनिक


नेपाली सांगीतिक क्षेत्रका सफल गायक सुगम पोखरेलको ‘डोली सजाइ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई गायिका दुर्गा खरेलले साथ दिएकी छिन ।

शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त गीतको भिडियोमा पल शाह, रेश्मा घिमिरे र केशव सापकोटालाई फिचरिङ्ग गरिएको छ । त्यस्तै गीतमा अम्बिका गुरुङको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । साथै अर्जुन जिसीको सम्पादन र साजन शाहको मिक्सिङ रहेको छ ।

एप्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई भवसागर ईन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Logo