एमसीसी खारेज गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

एमसीसी खारेज गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्नुपर्ने र नेपाली भूमिमाथिको भारतीय हस्तक्षेपविरुद्ध अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागिहरुले एमसीसी सम्झौता खारेज गर्नुपर्ने र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि भारतले गरेको हस्तक्षेप बन्द गर्नुपर्ने माग गरेका थिए ।

उनीहरुले ‘भारतीय सेना कालापानी छोड, छोड, छोड कालापानी छोड, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी खारेज गर, भारतीय विस्तावाद मुर्दावाद, कालापानी हाम्रै हो’ लगायतका नारा लगाएका थिए ।

Logo