यात्रु बोकेको बोलेरो जीप मंगलबार बिहान कर्णाली नदीमा खसेको छ।
कालिकोट जिल्ला प्रहरी कार्यालयका अनुसार, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ लालीघाट नजिकबाट ग १ ज ४१४१ नम्बरकाे बोलेरो कर्णाली नदीमा खसेको हो।
प्रहरीका अनुसार जीप चालक दैलेखको गुराश गाउँपालिका ४ का चक्रबहादुर खड्का बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको छ । कर्णाली करिडोरमा संचालन हुने उक्त जीप जिते बजारको पुल पारी यात्रुलाई झारेर मोड्नेक्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोशीले बताए ।
जीप नदीबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएकाे छ ।































प्रतिक्रिया