काठमाडौं ।
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पार्टीसँग पछिल्लो समय दुरी बढ्दै गएको छ । पार्टीको निर्देशन विपरित मन्त्री नियुक्त गरेको भन्दै अष्टलक्ष्मी शाक्यले विरोध जनाएसँँगै उनको पार्टीसँगको दुरी बढ्दै गएको हो ।
मुख्यमन्त्री पौडेलले गत फागुन ५ गते सांसद रामेश्वर फुयाललाई भौतिक योजना तथा पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेका थिए । गत माघ २९ गते नै पौडेलले फुयाललाई मन्त्री बनाउने संकेत गरेका थिए तर प्रदेश कमिटीमा कुरा नमिल्दा केही समय रोकिएको थियो ।
पार्टीबाटै विरोध भएपछि केही समय रोकिएका पौडेलले त्यसको पाँच दिनपछि फुयाललाई एकलौटी रुपमा मन्त्री नियुक्त गरेका थिए । पार्र्टीको प्रदेश कमिटीसँग समन्वयन नगरी मनमौजी रुपमा मुख्यमन्त्री पौडेलले मन्त्री नियुक्त गरेको भन्दै अष्टलक्ष्मी शाक्यले अविश्वासको प्रश्ताव समेत ल्याउन सक्ने चेतावनी दिएकी थिइन् । अष्टलक्ष्मी शाक्य पार्टीको प्रदेश इन्चार्ज समेत हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला





























प्रतिक्रिया