पोखराको फेवातालमा डुङ्गा पल्टिंदा एक जना बेपत्ता भएका छन् । दिउँसो साढे १ बजेतिर डुङ्गा लिएर निस्किएको ३ जनाको टोलीबीच भागमा पुगेपछि डुङ्गासहित डुबेका हुन् ।
काठमाडौंबाट पोखरा घुम्न आएका ४ जनामध्ये ३ जना डुङ्गा सयरमा निस्किएका थिए। ३ जनामध्ये २ जनाको सकुशल उद्धार गरिएको छ भने १ जना अझै बेपत्ता छन् ।
काठमांडौं-१० कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुईटेल बेपत्ता भएको प्रहरीले जनाएको छ। कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको सकुशल उद्धार गरिएको छ ।































प्रतिक्रिया