धादिङ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेघाटबाट ट्रक त्रिशूलीमा खस्दा एकजनाको मृत्यु भएको छ ।
आइतबार ना५ख ३७७७ नं.को सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा मकवानपुर भिमफेदी निवासी चालक बिखे थोकरको मृत्यु भएको हो ।
दुर्घटनामा परी सहचालक सप्तरी रुपनगरका राजेश विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।































प्रतिक्रिया