‘शान्ति सुरक्षाको अवस्था सुदृढ छ’ : गृहमन्त्री थापा

‘शान्ति सुरक्षाको अवस्था सुदृढ छ’ : गृहमन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

हेटौँडा।
गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताएका छन् । गृहमन्त्रालयद्वारा आज आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको बताए । मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिए ।

उनले भने,“ शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको छ। ” गोष्ठीमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल सहभागी छन् ।

गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रण तथा छिमेकी सिमाना समीक्षा गरिने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

कार्यक्रममा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका उच्चस्तरीय सुरक्षा अधिकृत, प्रदेशका १३ वटै जिल्लाका प्रजिअहरुको सहभागिता गोष्ठीमा रहेको छ ।
रासस

Skip This
Skip This
Logo