६९ औं जन्मदिन मनाउन प्रधानमन्त्री आज जन्मथलो जाँदै

६९ औं जन्मदिन मनाउन प्रधानमन्त्री आज जन्मथलो जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आफ्नो जन्मदिन मात्र होइन, पार्टीका अन्य वरिष्ठ नेताहरूको जन्मदिनलाई पनि केक काटेर विशेष बनाइदिँदै आएका प्रधानमन्त्री केपी ओली जन्मदिन मनाउन यसपालि जन्मथलो तेहथुम पुग्ने भएका छन् । प्रधानमन्त्री ओलीको आइतबार (आज) ६९ औं जन्मदिन हो।

२००८ साल फागुन ११ मा तेह्रथुमको साविक इवा गाविसको सल्ले (हाल अठराई गाउँपालिका–४) मा ओली जन्मिएका थिए। ‘जन्मिएकै स्थानमा पुगेर प्रधानमन्त्रीले जन्मदिन विशेष रुपले मनाउने कार्यक्रम बनाउनुभएको छ,’ नेकपा केन्द्रीय सदस्य एवम् तेह्रथुम जिल्ला सहइन्चार्ज विजय सुब्बाले भने, ‘त्यसका लागि उहाँ (प्रधानमन्त्री) आइतबार तेह्रथुम जाँदै हुनुहुन्छ।’

ओलीले गत वर्ष प्रधानमन्त्री निवासमै जन्मदिन मनाएका थिए। प्रधानमन्त्री नहुँदा उनले भक्तपुर बालकोटस्थित निजी निवासमा ‘सेलिब्रेट’ गर्ने गरेका थिए ।

ओलीले जन्मदिनमा त्यहाँका जेष्ठ नागरिकलाई सम्मान गर्ने र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर खुसीयाली साट्ने योजना बनाएका छन् । ‘उहाँको जन्मघरमा कार्यक्रम राखिएको छ। त्यहाँ उहाँले जेष्ठ नागरिकलाई सम्मान गर्नुहुनेछ। विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम छ’, सुब्बाले भने।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo