संचारमन्त्रीको राजीनामादेखि विमानस्थलमा पर्यटन परीसम्म (भिडियोसहित)

संचारमन्त्रीको राजीनामादेखि विमानस्थलमा पर्यटन परीसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारहरु मध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि पर्यटन परी नाम दिइएको दुईवटा रोबोटहरुद्वारा यात्रुलाई सेवा दिइने भएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज रोबोट सेवाको उद्घाटन गरेका हुन् ।

यता उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार, नेपाली सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव भएको बताएका छन् ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलाई भारत, थाइल्याण्ड, अस्ट्रेलिया र कोरियाबाट ल्याइएको २ करोड रुपैंयाको पूmलले सजाइने भएको छ ।

यसैगरि फागुन १६ देखि २५ गतेसम्म काठमाडौं, ललितपुर र पोखराका पर्यटकीय क्षेत्रमा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला हुने भएको छ । हेरौं यो भिडियोमा :

 

Skip This
Skip This
Logo