काठमाडौं ।
पहिलो पटक पशुपतिनाथ मन्दिर दुलही झैं फूलै फूलले सजिने भएको छ । हिन्दुधर्मका हरेक पर्वमा पूजा गर्दा होस् या कुनै पनि कार्य गर्दा होस् फूल प्रयोग गर्ने गरिन्छ ।
यसरी नै हिन्दुहरुको पर्व महाशिवरात्रिका लागि भारतको ग्लेज ट्रेडिङ इन्डिया प्रा.लि.का निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले संयुक्तरुपमा पशुपतिनाथ मन्दिरलाई २ करोड बराबरका फूलले सजाउने भएका छन् । उनीहरुले व्यक्तिगत तबरले पशुपतिप्रतिको आस्था समेट्दै यसरी करौडौं रुपैयाँ खर्च गर्ने भएका हुन् ।
पशुपतिमा सजाइने फूल एक सय भन्दा धेरै थरीका छन् । जसमा सयपत्री, गुलाब, क्यामेसन, जरबरा, लिली, अलिको, कन्वारी, अर्किड, गोदावरी, एसिया टिक, देल्ही र जेप्सी लगायत विभिन्न जात र रङका फूल ल्याएर पशुपति सजाउन लागिएको हो ।
यी फूलहरु भारतका अधिकांश क्षेत्रहरुका साथै थाइल्याण्ड, अस्ट्रेलिया र कोरियाबाट ल्याइएको छ । पशुपतिनाथ सजाउन भारतबाटै करिब दुईदेखि तीन सय भारतीय कामदार नेपाल आएका छन् । सजावटको काम बिहिबार साँझसम्म सम्पन्न हुनेछ । हेरौं फोटोफिचर :















तस्वीरहरु : राजेश खाती /केन्द्रबिन्दु





























प्रतिक्रिया