कोहलपुर ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको आलोचना गर्ने मिडियालाई ‘शिकारी’ को संज्ञा दिएका छन्।
गोरखापत्र दैनिकको पश्चिम क्षेत्र कोहलपुर संस्करणको बुधबार बाँकेको कोहलपुरमा शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले सरकारलाई ‘गैंडाको छाला’ को संज्ञा दिँदै मिडियाले सरकारलाई जति ठोके पनि कुनै फरक नपर्ने जिकिर गरे।
उनले गोरखापत्र दैनिकले सरकारको राम्रो काम र गल्ती कमजोरी दुवै औंल्याउने काम निर्धक्क गर्न निर्देशन दिए। ‘गोरखापत्रले खाल्डो पनि देखाउनु पर्छ डराउनै पर्दैन तर पिच गरिरहेको छ भने त्यो पनि देखाउनुपर्छ’, मन्त्री बाँस्कोटाले आलोचना गर्ने मिडियालाई लक्षित गर्दै भने, ‘एउटा आँखाको त शिकारी हुन्छ । एउटा आँखाको प्रेस हुँदैन । प्रेसको दुईटा आँखा ओपन (खुला) हुनुपर्यो। अहिलेको टेन्डेन्सी के छ भने शिकारीले जस्तो सरकारलाई ठोक । जति ठोक न । केही फरकै पर्दैन । गैंडाको छाला हो। हामी काम गरिरहन्छौं र काम गराइरहन्छौं।’
नेपाली खुसी भएको बेला केही मिडिया मात्र विकास निर्माणबाट निराश भएको उनले जिकिर गरे । उनले भने, ‘जनता खुसी छन्। देश खुसी छ । सरकारदेखि निराश को भएको हो भने नेकपा मन नपराउने केही एउटा आँखा चिम्लेर ताकिरहने शिकारी पत्रकारिताको क्षेत्र मात्र छ।’ आफूले मिडिया टेन्डन्सीबारे बताउँदा मिडियाले अप्ठ्यारो मानिसको संज्ञा दिएको उनले आरोप लगाए।
उनले सरकारको आलोचना गर्ने नागरिक र मिडियालाई बाँस्कोटाले नेपाल टेलिभिजनको हाँस्य श्रृङ्खलाको भोक लाग्यो पात्रसँग तुलना गरे। ‘भर्खरै गलासम्म आउने गरी खाना खाएर गएको हुन्थ्यो। अझै भोक लाग्यो भन्थ्यो । केही साथीहरुलाई यही रोग लागेको छ। केही पनि भएको छैन भन्छन् । उहाँहरुले टेलिभिजनको भोक लाग्यो पात्रसँग मित लगाए हुन्छ’, उनको भनाइ थियो।
अन्नपूर्णबाट































प्रतिक्रिया