प्रजातन्त्र दिवस : सभामुखद्वारा शुभकामना

प्रजातन्त्र दिवस : सभामुखद्वारा शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले सबै नागरिकले अनुभूति गर्न सक्ने लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणको अभ्यासमा जुट्ने प्रजातन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

७० औँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधासभामार्फत जारी संविधानले प्रदत्त गरेका मौलिक हक तथा अन्य व्यवस्थाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय ध्येय पूरा हुने विश्वास व्यक्त गरेका हुन् । उनले प्रजातन्त्र प्राप्तिका लागि निरंकुश र जहानियाँ राणा शासनविरुद्ध गरेको सङ्घर्ष र सफलताको सात दशक पूरा भएको अवसरमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरे ।

सन्देशमा उनले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जीवन आहुती गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । “घाइते, अपाङ्ग र तत्कालीन राज्यबाट पीडा भोग्न बाध्य सम्पूर्ण नागरिकको उच्च बलिदानी भावनाको स्मरण गर्दछु”, सभामुखद्वारा जारी सन्देशमा भनिएको छ । उनले शहीदको बलिदान, उच्च साहस र परिवर्तनको तीव्र इच्छाका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक अवस्थामा आइपुगेको बताए । रासस

Skip This
Skip This
Logo