स्थलमार्गबाट भारत गएका नेपाली हवाईमार्गबाट फर्कन नपाइने (भिडियोसहित)

स्थलमार्गबाट भारत गएका नेपाली हवाईमार्गबाट फर्कन नपाइने (भिडियोसहित)


काठमाडौं ।
अब स्थलमार्गबाट भारत प्रवेश गरेका नेपाली हवाईमार्ग हुँदै स्वदेश फर्कन नपाइने भएको छ । अध्यागमन कार्यालयले स्थलमार्गबाट भारत जाने नेपालीको राहदानीमा प्रस्थान छाप नलगाउने व्यवस्था कार्यान्वयन गरेपछि अब उनीहरु स्थलमार्गबाटै नेपाल फर्किनुपर्ने भएको हो ।

त्यस्तै भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरुले पनि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै प्रयोग गर्नुपर्ने भएको छ । मध्यपूर्वका कतार, साउदी अरब, दुबइ, कुवेत लगायत नौवटा देशहरूमा भारतीय विमानस्थल प्रयोग गरी उडान गर्न सरकारले रोक लगाएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगार विभागको श्रम स्वीकृती लिएर आएका नेपालीले भने उडान भर्न सक्ने दूतावासले जनाएको छ ।

अब भारत जाने नेपाली नागरिकको राहदानीमा अध्यागमनको प्रस्थान स्ट्याम्प लगाउनुपर्ने भएको छ । राहदानीमा प्रस्थान स्ट्याम्प नभएको खण्डमा उनीहरुले भारतबाट उडान गर्न नपाउने भएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Logo