काभ्रे ।
भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा १९ च १३२३ नम्बरको बोलेरोको ठक्करबाट प्रहरी चौकी साँगाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) तेजबहादुर गुरुङको मृत्यु भएको छ ।
उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । डिउटीमै रहेका असइ गुरुङ बाटो काट्ने क्रममा बोलेरोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
गुरुङलाई बोलेरो जीपले प्रहरी चौकी अगाडि ठक्कर दिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार ठक्कर दिने बोलोरो गाडीका चालक भक्तपुर नपा १० का बिक्रम नाकी बन्जारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ।
अन्नपूर्णबाट































प्रतिक्रिया