सर्वाेच्चद्वारा भट्टराई र नेपालविरुद्ध मुद्दा दायर नगर्नुको लिखित जवाफ माग (भिडियोसहित)

सर्वाेच्चद्वारा भट्टराई र नेपालविरुद्ध मुद्दा दायर नगर्नुको लिखित जवाफ माग (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध दायर भएको भ्रष्टाचार मुद्धामा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले शुक्रवार पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपालविरुद्ध मुद्दा नचलाउनुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशको विषयमा दोस्रो सुनुवाइमा सबै पक्षलाई उपस्थित हुनसमेत भनेको छ । दोस्रो सुनुवाइमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय हुने भन्दै सर्वोच्चले हाललाई लिखित जवाफ मात्र माग गरेको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Logo