हतियार बोकेको सेनाको गाडी दुर्घटना

हतियार बोकेको सेनाको गाडी दुर्घटना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं  ।  सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन्  । सल्यानको कपुरकोटबाट बुटवल जाँदै गरेको कपुरकोटको सपुत गणको गाडी दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हबल्दार जय प्रकाश बोहरालगायत अन्य ६ जना रहेको प्रहरीले बताएको छ।

घाइतेको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

 

Skip This
Skip This
Logo