सैलुङ समूहको अलकत्रा कारखाना गैरकानुनी : गुनासो गर्ने स्थानीयलाई जिउँदै जलाउने धम्की

सैलुङ समूहको अलकत्रा कारखाना गैरकानुनी : गुनासो गर्ने स्थानीयलाई जिउँदै जलाउने धम्की

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ललितपुरको नक्खुस्थित मेडिसिटी अस्पतालबाट केही किलोमिटर पर सैलुङ ग्रुप अफ कम्पनीले खोलेको अलकत्रा कारखाना छ। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी चार वर्षदेखि सञ्चालनमा रहेको उक्त कारखानाका अध्यक्ष हुन्।

त्यस कारखानाबाट उत्सर्जन हुने प्रदूषणले स्थानीयवासीलाई ठूलो प्रभाव पारेको छ। त्यहाँबाट जनस्वास्थ्यका लागि हानिकारक मानिने कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन अक्साइड ग्याँस उत्सर्जन हुने गर्छ। काठमाडौं उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनबाट उत्सर्जन हुने धुवाँसँगै विभिन्न औद्योगिक प्रतिष्ठानले गर्ने उत्सर्जन पनि उत्तिकै जिम्मेवार मानिन्छ।

वायु प्रदूषणका कारण उपत्यकामा मात्र वार्षिक झन्डै नौ हजारजनाको मृत्यु हुने विश्व स्वास्थ संगठनले २०१६ मा सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ। प्रदूषणका हिसाबले आइतबार साँझ एक सय ७३ अक्वा इन्डेक्ससहित संसारको नवौं प्रदूषित सहरमा काठमाडौं रहेको एयर भिजुअलले जनाएको छ। विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ वातावरण, क्लाइमेट एन्ड क्लिन एयर कोएलिसनको सहकार्यमा स्थापित ब्रेथलाइफ नामक एक अन्तर्राष्ट्रिय अभियानका अनुसार वायु प्रदूषणका कारण नेपालमा वार्षिक ३७ हजार ३९९ को मृत्यु हुने गर्छ।

कारखानाका प्रबन्धकसँग गुनासो गर्न जाँदा जिउँदै जलाउने धम्की दिएको आरोप स्थानीयको छ। कारखानाबाट परिचालित गुन्डाको कारबाहीमा पर्ने डरमा धेरैजसो स्थानीय बोल्नसमेत डराउँछन्। कारखानाबारे सोधखोज गर्दा ललितपुर महानगरपालिका–२७ की वडा सदस्य सपना महर्जन यो विषयमा बोल्न चाहिनन्। स्थानीयलाई डरत्रास देखाई सञ्चालनमा रहेको यो कारखाना गैरकानुनी रहेको खोजले देखाएको छ।

सैबुका ६४ वर्षीय उत्तम खड्काका अनुसार कारखाना दिनको २४ सै घन्टा सञ्चालनमा रहन्छ। ‘एक वर्षअघि स्थानीयवासी कारखानामा आफ्ना गुनासा राख्न गएका थिए तर उनीहरूलाई जिउँदै जलाउने धम्की दिइयो र त्यसपछि कसैले पनि कारखानाका अधिकारीसँग कुरा गर्ने आँट गरेका छैनन्,’ खड्का भन्छन्। उनका अनुसार स्थानीयलाई तर्साउन कारखानाले खास गुन्डाहरूलाई परिचालन नै गरेको छ।
नागरिकबाट

Skip This
Skip This
Logo