काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले २०७२ को भुकम्पले क्षति पुर्याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पूनर्निर्माणको काम दुई बर्षपछि सकिएको घोषणा गरिने दाबी गरेका छन् । आइतबार पुरातत्व विभागमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले हाल साठ्ठी प्रतिशत काम पूरा भएको र बाँकी ४० प्रतिशत काम दुई बर्षभित्र सम्पन्न हुने समेत दाबी गरे । अर्को एक प्रसंगमा मन्त्री भट्टराईले भने –‘विश्वका बौद्धिक तथा खोज अनुसन्धानकर्ताहरुको काम नेपालको अध्ययन नगरी पूरा हुँदैन ।’
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले देशभरीवाट क्षति पुगेका ९ सय २० सम्पदाहरु मध्ये ४ सयवटा सम्पन्न भइसकेको जानकारी दिए । विभागका प्रवक्ता कुँवरका अनुसार १ सय ५० सम्पदा पुननिर्माणक्रममा रहेका र ३ सय ७० वटा सम्पदा अर्थात ४० प्रतिसत बाँकी रहेको समेत जानकारी दिए ।
काठमाडौं उपत्यकाको प्रगति विवरण वताउँदै प्रवक्ता कुँवरले ५ सय ४० मध्ये १ सय ६९ सम्पन्न, २ सय ५६ निर्माणक्रममा र बाँकी १ सय २३ दुई बर्षभित्र पूरा गरिने जनाए । विश्व सम्पदा क्षेत्रको प्रगति विवरण प्रस्तुत गर्दै उनले भने – ‘१ सय ७० क्षतिमध्ये १ सय १ सम्पन्न, निर्माणक्रममा ५४ र काम सुरु हुन बाँकी १५ सम्पदा रहेका छन् ।’
सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पूनः निर्माण सम्बन्धि प्रगति विवरण र आगामी योजनाको वारेमा जानकारी दिन पुरातत्व विभागद्वारा आयोजित कार्यक्रममा सूचना अधिकारी सुरेस सुरस श्रेष्ठले समेत विश्व सम्पदास्थलको बारेमा जानकारी गराएका थिए । सञ्चारकर्मीहरुको जिज्ञासाका बारेमा विभागका निमित्त महानिर्देशक दामोदर गौतमले पुनर्निर्माणको कार्य लक्ष्य अनुसार नै पुरा गरिने दाबी गरे ।





























प्रतिक्रिया