काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका प्रमुख समाचार मध्ये एक्सन नायक विराज भट्टको चलचित्र ‘साङ्लो’ र कमेडी नायक विपिन कार्की अभिनित चलचित्र सेल्फी किङ्ग शुक्रबारदेखि भिडन्तमा छन् । दुवै चलचित्रका अभिनेताका फ्यान पÞmलोईङ्ग बलियो छ । त्यसैले पनि होला, दुवै चलचित्र निर्धक्क भएर एकैदिन प्रदर्शनमा आए । तर यी दुइ बीच कसको पल्ला भारि होला भन्ने उत्सुकता दर्शकमाझ रहदा बाजी भने शुक्रबार नै रिलिज भएको भारतीय चलचित्र मलङ्गले मार्ने संकेत देखिएको छ ।
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाबारे सर्वत्र चर्चा चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षले पनि त्यसबारे धारणा सार्वजनिक गरेका छन् ।
तपाई हाम्रो भान्सामा हरेक दिन प्रयोग हुने हरियो तरकारी खानका लागि कत्तिको योग्य छन् ? पछिल्लो समय हरियो तरकारीमा विषादीको प्रयोग बढेपछि हाम्रो भान्सा पनि असुरक्षित हुन थालेको छ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा हरियो तरकारीमा विषादीको मात्रा ह्वात्तै बढेको परिक्षणले देखाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि काठमाडौं उपत्यकाभित्र पूननिर्माण भइरहेका सम्पदाहरुको अवलोकन गरेकी छन् ।
नेपाली खेलाडीको विश्व किर्तिमानसँगै आईसीसी विश्वकप लिग टु त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा अमेरिकालाई पराजित गर्दै घरेलु मैदानमा नेपालले पहिलो जित हात पारेको हो । लिगको शीर्षस्थानमा रहेको अमेरिकालाई नेपालले ३५ रनले पराजित ग¥यो ।





























प्रतिक्रिया