लियोनल मेस्सीको क्लब बार्सिलोनाले नेपाली नायिका प्रियंका कार्कीको तस्बिर आफ्नो अफिसियल फेसबुक पेजमा सेयर गरेको छ । क्लबले नायिका प्रियंकाको तस्बिर सेयर गर्दै ‘वी लभ नेपाल’ क्याप्सन लेखेको छ ।
कार्की केही दिन अघि मात्रै प्रेमी आयुष्मान देशराजसँग स्पेन पुगेकी थिइन् । उनले दुई दिनअघि आफू बार्सिलोनाको खेल हेर्न निकै उत्साहित रहेको इन्स्टाग्राममार्फत बताएकी थिइन् । गए राति मात्रै उनीहरुले नाउ क्यापमा स्पेनिस ला–लिगामा बार्सिलोना र लेभान्टेबीचको खेल हेरेका थिए । उक्त खेलमा बार्सिलोनाले लेभान्टेलाई २–१ ले हराएको थियो ।






























प्रतिक्रिया