सानिमा बैंकको डिजिटल सौगातः मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्क, एक सयको रिचार्ज

सानिमा बैंकको डिजिटल सौगातः मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्क, एक सयको रिचार्ज

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंकले सरस्वती पूजाको उपलक्ष्यमा नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘सरस्वती पूजामा सानिमा बैंकको डिजिटल सौगात’ नामक योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ र डेबिट कार्डका लागि एकैचोटी आवेदन दिने विद्यार्थीवर्गले उक्त सेवा निशुल्क प्राप्त गर्न सक्ने छन् । यसका साथै विद्यार्थीले एक सय रुपैयाको मोबाइल ‘टप अप’ प्राप्त गर्नेछन् । यस योजनामा सहभागि जनाउनका लागि विद्यार्थीको पहिचान खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ ।

यो योजना माघ १६ र १७ गते लागू हुने बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo