सोह्र महिनापछि बिपी कोइराला क्यान्सर अस्पतालमा अध्यक्ष नियुक्त

सोह्र महिनापछि बिपी कोइराला क्यान्सर अस्पतालमा अध्यक्ष नियुक्त

केन्द्रबिन्दु
0
Shares

भरतपुर ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १६ महिनापछि अध्यक्ष पाएको छ । मन्त्रिपरिषद्को माघ १३ गतेको बैठकले अध्यक्षमा डा निर्मल लामिछानेलाई नियुक्त गरेको हो । लामिछाने सोही अस्पतालमा वरिष्ठ मूत्ररोग विशेषज्ञका रुपमा कार्यरत छन् । उनी अस्पतालका उपनिर्देशक भएर काम गर्दै आएका छन् ।

वि.सं २०७५ असोज ३ गतेदेखि अस्पतालको अध्यक्ष पद रिक्त थियो । तत्कालीन अध्यक्ष प्रकाशराज न्यौपानेको कार्यकाल सकिएसँगै अस्पताल नेतृत्व विहीन भएको थियो । यसअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पताल सञ्चालक समितिको अध्यक्षता गर्दै आएकी थिइन्।
रासस

Skip This
Skip This
Logo