जनकपुर । प्रदेश दुईमा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले मंगलबार राजीनामा दिएकी छन्।
प्रदेश सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिएको राज्यमन्त्री झाले आराेप लगाएकी छन्। उनले आफू सरकारको कामबाट सन्तुष्ट नरहेको बताइन्।
सरकारमा मुकदर्शक बनेर रहने बाहेक कुनै काम नभएकाले असन्तुष्ट भएर राजीनामा दिएको उनले स्पष्ट पारिन्। एकलौटी रुपमा प्रदेशसरकारले काम गरिरहेको आरोप उनको छ।






























प्रतिक्रिया